Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

बागमती कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरे हेटौंडामा, संसदीय दलको बैठक बोलाइयो


  •   शनिबार, असार २०, २०८३ मा प्रकाशित
  • आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर बागमती सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन पार्टी नेतृत्व सक्रिय भएको छ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे शुक्रबार साँझ हेटौंडा आइसकेका छन् । उनले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बजेटमा असन्तुष्ट बहादुर लामासहितका सांसदहरुसँग छलफल गर्ने पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद सुरजचन्द्र लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।

    Advertisement

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहेका बानियाँले आज दलको बैठक बोलाएका छन् । दलको बैठक सुरु हुँदैछ । बजेटमा असन्तुष्ट बन्दै प्रदेशसभामा १६ असारबाट सुरु भएको बजेट माथिको छलफलमा अनुपस्थित भएका कांग्रेस सांसदहरु हेटौंडाबाट आउने क्रम जारी रहेको लामिछानेले बताए । कांग्रेसका ३६ जना सांसद छन् ।

    आज ११ बजेदेखि प्रदेशसभा बैठक छ । सांसदहरुले उठाएका प्रश्नमा मन्त्रीहरुले जवाफ दिइसकेपछि बजेट पास गर्ने मुख्यमन्त्री बानियाँको तयारी छ । के थियो बजेट विवाद ? बागमती सरकारले १ असारमा ६६ अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभामा १६ असारदेखि बजेटमाथि छलफल चलिरहेको छ ।

    तर, बागमतीका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा पक्षधरका सांसद बजेटप्रति असन्तुष्टि जनाउँदै हेटौंडा नै आएनन् । असन्तुष्ट सांसदहरुले बजेट निर्देशिका ल्याएर त्यसको विपरीत बजेट विनियोजन भएको, वितरणमुखी बजेट ल्याएर आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेको, जनअपेक्षाअनुसार बजेट नल्याएर मनलाग्दी गरेको, सन्तुलित बजेट नल्याएको, सुझाव कार्यान्वयन नगरेको, बजेटमा विचौलियाहरुको प्रभाव देखिएको विषयमा प्रश्न उठाएका हुन् ।

    मुख्यमन्त्री बानियाँले अध्यादेश ल्याएर बजेट पास गर्ने अभिव्यक्ति दिएको, विपक्षी दलको सहयोगमा बजेट पास गर्ने भन्दै प्रदेशसभा बैठकमा अनुपस्थित भए कारबाहीको प्रक्रिया अगाडि बढाउनेलगायतका धम्की दिएको, दलका सांसदहरुसँग समन्वय नगरेको बारे असन्तुष्ट पक्षले पार्टी सभापति गगनकुमार थापालाई भेटेर जानकारी गराएका थिए ।

    पार्टीभित्र विवाद देखिएपछि मुख्यमन्त्री बानियाँ गत बुधवार काठमाडौं पुगेका थिए । बिहीवार हेटौंडा फर्किएर उनी विवाद समाधानमा सक्रिय भएका थिए । बजेट लगत्तै दलको बैठक बोलाउन बहादुर पक्षले आग्रह गर्दा बानियाँले अस्वीकार गरेको नेता लामाले जानकारी दिए । बानियाँले दलको बैठक टार्दै असन्तुष्ट सांसदहरुको आवाज दबाउन खोजेपछि विवाद यहाँसम्म आइपुगेको सांसदहरु बताउँछन् । पार्टी सभापति थापाले बजेट विवाद देखिएपछि समन्वयका लागि महामन्त्री घिमिरेलाई हेटौंडा पठाएका हुन् ।

    एक वर्षअघि बहादुर सिंह लामा नेतृत्वको सरकारले चालू आवको बजेट ल्याउँदा पनि कांग्रेसभित्र विवाद भएको थियो । उक्त विवाद मिलाउन तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य राजन केसीलाई हेटौंडा पठाएका थिए । कांग्रेसभित्रको त्यो विवादले बहादुरलाई दलको नेताबाट हटाएर बानियाँ दलको नेता बन्दै २० साउन २०८२ मा मुख्यममन्त्री नियुक्त भएका थिए । बानियाँकै नेतृत्वमा ९ साउन ०८२ मा लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

    शनिबार, असार २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation