चितवनको भरतपुरमा सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ विधाका खेलमा ६ खेलाडीले उपाधी हात पारेका छन् । तेस्रो संस्करणमा आयोजना गरिएको पुरुष ईलिट तर्फ सिन्धुपाल्चोक घर भएको सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएको कार्यक्रमका संयोजक सन्तु दराईले जानकारी दिए ।
उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे। यस्तै कन्ञ्चनपुरका हिमाल तामाङले निर्धारित दुरी १ घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे। तेस्रो स्थान धादिङमा लक्ष्मण मल्ल प्राप्त गरे। उनले नगद ३० हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।
भरतपुरको पुन्यवती ताल गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्रको रेस र्कोषमा १ घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगिले ७ पटकसम्म परिक्रममा गरेको सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।
Advertisement