Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

लौका, काउली र आलुमा भेटियो अत्यधिक विषादी

  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका तरकारीहरूमध्ये तीन थरी तरकारीमा अत्यधिक विषादीको मात्रा फेला परेको छ । कृषि विभाग अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको नियमित प्रयोगशाला परीक्षणका क्रममा धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा स्वास्थ्यका लागि हानिकारक मानिने उच्चस्तरको विषादी भेटिएको हो ।

    Advertisement

    प्रयोगशालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संकलन गरिएका १२ वटा नमुनामध्ये तीनवटामा अर्गानोफोस्फेट र कार्बोमेट समूहको विषादीको रोकावट दर ६४ प्रतिशतभन्दा माथि पाइएको छ । परीक्षणका क्रममा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत र मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत विषादीको मात्रा भेटिएको थियो । त्यसैगरी, सल्यानबाट ल्याइएको आलुको एक नमुनामा समेत ६६.९९ प्रतिशत विषादी पाइएको छ, जुन स्वास्थ्यका दृष्टिले अत्यन्तै जोखिमपूर्ण मानिन्छ ।

    प्रयोगशालाको मापदण्ड अनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यस्ता उत्पादनहरू उपभोग गर्न नमिल्ने र अनिवार्य रूपमा विसर्जन गर्नुपर्ने प्रावधान रहेको छ । यी तीनवटै नमुनामा सो सीमाभन्दा निकै बढी विषादी पाइएकाले तिनलाई बजारमा बिक्री वितरण हुन नदिई नष्ट गरिएको कालीमाटी तरकारी बजार समितिले बताएको छ ।

    प्रयोगशालाले ३५ प्रतिशत भन्दा कम विषादी भएकालाई खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भएकालाई केही दिन राखेर मात्र प्रयोग गर्न मिल्ने र ४५ प्रतिशतभन्दा माथि दर भएकालाई सिधै नष्ट गर्दै आएको छ । शनिबार र आइतबार पनि तरकारीको दैनिक मूल्यसूची सार्वजनिक गर्दा विषादी परीक्षणको रिपोर्ट भने कालीमाटी बजारले सार्वजनिक गरेको छैन ।

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation