केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाँसबारीस्थित सरकारी जग्गा किर्ते तथा ठगी प्रकरणमा कांग्रेस सांसद एवं अर्बपति विनोद चौधरीमाथि अनुसन्धान थालेको छ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई समातेकै भोलिपल्ट पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको सिआइबीले त्यसलगत्तै चौधरीमाथि अनुसन्धान थालेको हो।
सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले अनुसन्धान थालिएको र सो विवरण सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको बताए।
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा यसअघि पक्राउ परेका विनोदका भाई अरुण चौधरी काठमाडौँ जिल्ला अदालतको आदेशमा सिआइबीले गत माघमै हाजिरी जमानीमा छाडेको थियो।
सभामुख देवराज घिमिरेलाई सम्बोधन गरिएको सीआइबीको पत्रमा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम गरेको काठमाडौF महानगरपालिका ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तरिकाले किर्ते गरी ठगी गरेको मुद्दामा सांसद चौधरीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको उल्लेख छ।