समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड तीन लाख ४४ हजार ९५२ मतगणना भएको छ।
Advertisement
यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ८ बजेसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ६७ हजार ०४३ मत प्राप्त गरेको छ।
निर्वाचन आयोगकाअनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५, नेकपा (एमाले)ले १४ लाख २४७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६१ हजार ६८०, श्रम संस्कृति पार्टीले तीन लाख ४९ हजार १४०, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ। मतगणना जारी छ।
