१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्दैछ । जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम र जनकपुर एनपीएलमा चौथो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो संस्करणमा यी दुई टोली तीनपटक भिड्दा सुदूरपश्चिमले दुई र जनकपुरले एकपटक जितेका थिए । लिग चरण र प्लेअफमा सुदूरपश्चिम विजयी हुँदा फाइनलमा जनकपुरले बदला लिंदै सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो । जनकपुरको टिममा एक परिवर्तन भएको छ । कप्तान अनिल शाहको स्थानमा आदित्य महता पहिलो रोजाइमा आएका छन् ।
Advertisement