Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १० घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • ११ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • ११ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १२ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १३ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १३ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १३ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • १४ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ९. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • १०. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

    Advertisement

    नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिनुभयो । “अब पहाड काट्न एक-दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, उहाँले भन्नुभयो । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिनुभयो । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । छ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उहाँले जानकारी दिनुभयो । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उहाँले बताउनुभयो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation