७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताएका छन् । संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको बताए । ‘संविधान संशोधन निकै संवेदनशील गम्भीर विषय हो । यो संविधान लामो संघर्ष र ठूलो बलिदानपछि संविधान सभाबाट बनेको हो, जसमा अधिकतम राजनीतिक सहमति बनेको संविधान हो, यसमाथि हामीले अलिकति पनि छेडखान गर्ने ढंगले गयौं भने पान्डोराको बाकस खोलेको जस्तो हुने र देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ’, उनले भने । पूर्व प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘अलिकति खोलिदिँदा अहिलेसम्म भएको सिस्टम भत्किने र बेलगाम अराजकता बढ्ने खतरा हुन सक्छ भन्ने प्रति गम्भीर हुनुपर्छ ।’
संविधान संशोधनमा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने खतरा हुन्छ : प्रचण्ड
संविधान संशोधनमा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने खतरा हुन्छ : प्रचण्ड
Advertisement
तपाईको प्रतिक्रिया